साहित्यकार मुक्तिनाथ शर्मा नेउपाने
 
लामो समयदेखि लेखन कार्यमा सक्रिय रहँदै हालसम्म साहित्यका विभिन्न विधा र साहित्येतर विधामा समेत उत्तिकै सशक्त रहनुभएका नेउपाने नेपाली साहित्यका अमर कलमजीवी हुनुहुन्छ । यो पछिल्लो कृतिले फरक स्वादसहित नेपाली पाठकसामु उदाउने सौभाग्य पाएको छ । लाखौ पाठकको अन्तरहृदयमा सुरक्षित अवतरण हुने कुरामा दुईमत छैन ।
 
– दीनदयाल रेग्मी
 
साहित्यकार मुक्तिनाथ शर्मा नेउपाने हामी सबैले सुनेको नाम हो । उनी वि.सं. १९९६ सालमा लमजुङ जिल्लाको खुम्रुकमा जन्मिएका हुन् । उनका पिताको नाम खडानन्द शर्मा र माताको नाम रुक्मिणीदेवी हो । मुक्तिनाथ शर्मा नेउपानेले नेपाली साहित्यका धेरै विधामा कलम चलाएका छन् । अनुवाद कलामा पनि उनी सिपालु छन् । नेपाली बालसाहित्यमा उनले हालसम्म २ दर्जनभन्दा बढी कृतिको रचना गरिसकेका छन् । उनका हालसम्म प्रकाशित बालसाहित्यका कृतिमा जान्नैपर्ने कुरा, बब्लु र सुगा, नानीको बानी, राम्रा नानी, न्चबलमmयतजभच, थिरीथिरी, हामी बालतारा, सौगात र हिमचुली, आविष्कार, सानी नानी राम्रो बानी, रमाइलो गाउँ, शिवपुरी यात्रा, सानी चरी गौथली, पानी र नानी, अञ्जना र आकृति, कुसुमको काँकरी, सबै बराबर, बचराको योजना, गौंथलीको जाँगर, नैना र मैना, रमाइलो छुट्टि र सुवर्चा जस्ता धेरै छन् । बालबालिकाको मनोभावना बुझेर सरल तरिकाले लेख्न सिपालु छन् नेउपाने । बालसाहित्यमा उनले कथालाई बढी महत्त्व दिएका छन् । बालसाहित्यमा कथा बाहेक उपन्यास (अञ्जना र आकृति) र कविताहरु, लेखेका छन् । यसबाहेक साहित्य र अन्य विधामा गरी उनका १९ ओटा कृति प्रकाशित छन् । साहित्य, धर्म, दर्शन, समालोचनामा कलम चलाएका छन् ।
बालसाहित्यमा रमाउने शर्मा सरल प्रकृतिका छन् । बालबालिकाको मनोभावना बुझेर लेख्छन् । सलल बगेको सरल भाषाको छनौट गर्छन् । रमाइलो तरिकाले प्रस्तुति दिन सक्छन् । बालबालिकामा जाँग भरेर उनीहरुलाई समाजका हरेक गतिविधिसँग घुलमिल हुन सिकाउँछन् । गाउँले र शहरीया दुवै वातावरणको समुचित प्रयोग गर्ने हुनाले शहर र गाउँ जहाँका बालबालिका पनि उनका रचनालाई मन पराउँछन् ।

प्रकाशित कृतिहरू:

  1. नेपालको आर्थिक प्रशासन एक अनुभव (२०४६)
  2. विद्रोह खण्डकाव्य (२०५५)
  3. काठमाडौंदेखि लन्डनसम्म यात्रा संस्मरण (२०५७)
  4. सर्वोदय ऐतिहासिक गीति काव्य (२०५९)
  5. श्रीमद्भागवतभित्रका केही प्रसङ्ग (२०६०)
  6. श्रीमद्भगवद्गीता, नेपालीमा भावानुवाद (२०६१)
  7. पानी र नानी, बालगीति काव्य (२०६१)
  8. बेलायततिरका झझल्का, दैनिकीका पानाबाट यात्रासंस्मरण (२०६२)
  9. सम्झनाका झल्का, कविता सङ्ग्रह (२०६३)
  10. सानी चरी गौथली, बालगीत सङ्ग्रह (२०६३)
  11. तीर्थाटन, यात्रासंस्मरण (२०६४)
  12. दिदीबहिनीका पुस्तक समीक्षा सङ्ग्रह (२०६५)
  13. चिन्तनको चौतारी, शास्वत चिन्तन सङ्ग्रह (२०६५)
  14. नानीको बानी, बालकाव्य (२०६६)
  15. बब्लु र सुगा बालकथासङ्ग्रह (२०६६)
  16. Grand mother, बालकथा सङ्ग्रह (२०६६)
  17. अञ्जना र आकृति, बाल उपन्यास (२०६७)
  18. घिरीथिरी, बालकविता सङ्ग्रह (२०६७)
  19. मनका तरङ्ग, गीत सङ्ग्रह (२०६७)
  20. राम्रा नानी, बालगीतिकाव्य (२०६८)
  21. सौगात र हिमचली बालकथा सङ्ग्रह (२०६८)
  22. सानी नानी राम्रो बानी, बालकथा सङ्ग्रह (२०६८)
  23. महाभारतका केही प्रसङ्ग (२०६८)
  24. रमाइलो गाउँ, सचित्र बालकाव्य (२०६८)
  25. कुसुमको काँकरी, बालकथा संग्रह (२०६९)
  26. कल्पना संसार, उपन्यास (२०७०)
  27. पुस्तकमाथि पुस्तक कवितात्मक समीक्षा सङ्ग्रह (२०७०)
  28. जान्नैपर्ने कुरा बालकथा सङ्ग्रह (२०७०)
  29. शिवपुरी यात्रा, बालकाव्य (२०७०)
  30. आविष्कार बालकथा सङ्ग्रह (२०७०)
  31. हामी बालतारा, बालकविता सङ्ग्रह (२०७०)
  32. सबै बराबर, बालकथा सङ्ग्रह (२०७१)
  33. कर्मको फल, लेख-सङ्ग्रह (२०७१)
  34. अनुगीता (२०७१)
  35. बचराको योजना, बाल कविता सङ्ग्रह (२०७२)
  36. गौंथलीको जागर, (बाल कथासङ्ग्रह (२०७२)
  37. नैना र मैना बाल कथा सङ्ग्रह (२०७४)
  38. सुवर्चा बाल कथा सङ्ग्रह (२०७५)
  39. रमाइलो छुट्टी बालकथा सङ्ग्रह (२०७५)
  40. चन्द्रावती किशोर उपन्यास (२०७६)
  41. उड्ने मन (बालगीत सङ्ग्रह)
  42. नारी वा पुरुष जीवन रोजाई (२०७८)

सहलेखन:

  1. नेपालको आर्थिक प्रशासन सङ्क्षिप्त परिचय र प्रयोगात्मक लक (२०४८)
  2. नेपालमा ग्रामीण विकासका अवधारणा (२०५१)

अनुभवः

  1. नेपाल सरकारको उपसचिवस्तर समेतमा रही ३३ वर्षभन्दा बढी सरकारी सेवा गरेको ।

भ्रमणः

  1. भारत, चीन, संयुक्त अधिराज्य बेलायत, इटाली तथा नेपालका करीब ७० जिल्लाहरू भ्रमण गरेको ।

संलग्नता:

  1. गण्डकी सामाजिक गुठी, बानेश्वर काठमाडौं -संरक्षक सदस्य
  2. पूर्व कर्मचारी सेवा परिषद् आजीवन सदस्य
  3. मर्स्याङ्दी वाङ्मय प्रतिष्ठान – आजीवन सदस्य
  4. नेपाल बाल साहित्य समाज काठमाडौं – आजीवन सदस्य
  5. मोती सामुदायिक पुस्तकालय अर्घाखांची – आजीवन सदस्य
  6. कृष्ण साहित्य सदन ललितपुर – आजीवन सदस्य
  7. न्यौपाने समाज काठमाडौँ – आजीवन सदस्य
  8. युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठान भक्तपुर – आजीवन सदस्य

प्राप्त मान-सम्मान:

  1. सिम्पल आर्टस बानेश्वरबाट सिम्पल आर्टस सम्मान (२०६३)
  2. युद्धप्रसाद मिश्र स्मृतिप्रतिष्ठानबाट सम्मान पत्र (२०६३)
  3. साहित्य सन्ध्या काठमाडौँबाट जेष्ठ प्रतिभा सम्मान (२०६४)
  4. शिवपुरी साहित्य समाजबाट नरबहादुर भारती सम्मान (२०६६)
  5. मितेरी नेपालबाट पारिजात मितेरी साहित्य सम्मान (२०६८)
  6. डिल्ली प्रविधि विकास प्रतिष्ठानबाट वसुन्धरा सेवा कदरपत्र (२०६८)
  7. गण्डकी सामाजिक गुठी बानेश्वर काठमाडौंबाट अभिनन्दन (२०६९)
  8. तन्नेरी द्वैमासिक पत्रिकाबाट विशिष्ठ तन्नेरी सम्मान (२०७०)
  9. बाबा ओमवीरसिंह बस्न्यात पुरस्कार गुठीबाट प्रतिभा सम्मान पुरस्कार ( २०७०)
  10. ज्ञानगुन साहित्यप्रतिष्ठान, काठमाडौंबाट विशेषाडू प्रकाशनसहित सम्मान (२०७१)
  11. नेपाल सरकार संस्कृति, पर्यटन तथा उड्डयन मन्त्रालयबाट भानुभक्त पुरस्कार (२०७१)
  12. गोधुली साहित्य प्रतिष्ठानबाट अभिनन्दन सहित (२०७८)

शोधपत्र:

  1. श्रीमती समिता शर्माले त्रिवि स्नातकोत्तर तह दोश्रो बर्षको दशौं पत्रको प्रयोजनका लागि २०६५ सालमा “मुक्तिनाथ शर्मा नेउपाने को जीवनी, व्यक्तित्व र कृतित्वको अध्ययन” गरी त्रि.वि. मा शोधपत्र प्रस्तुत गर्नुभएको छ ।
  2. श्री ऋषि मरहट्ठाले त्रि.वि मानविकी तथा सामाजिक शास्त्र सङ्काय अन्तर्गत त्रिचन्द्र बहुमुखी क्याम्पस नेपाली स्नातकोत्तर तह दोस्रो वर्षको दशौपत्रको प्रयोजनका लागि शोधपत्र प्रस्तुत गर्नुभएको छ । यसको शीर्षक रहेको छ “मुक्तिनाथ नेउपानेका बालकथामा सारवस्तु” ।
  3. श्रीमती सीतादेवी देवकोटाले त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायअन्तर्गत रत्नराज्यलक्ष्मी क्याम्पस नेपाली विभागको स्नातकोत्तर तह द्वितीय वर्षको दसौं पत्रको प्रयोजनको लागि २०७१ सालमा त्रि.वि. द.नं. ९१०४३-२७६-९६ क्याम्पस द.नं. ४००१०७ को शोधपत्र प्रस्तुत गर्नुभएको छ । शोधपत्रको नाम रहेको छ “मुक्तिनाथ शर्मा नेउपानेको बालकथामा पात्र विधान” ।
  4. त्रिभुवन विश्वविद्यालय, त्रिभुवन बहुमुखी क्याम्पस, तानसेन, पाल्पाकी अनिता गौतमले २०७१ सालमा त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायअन्तर्गत त्रिभुवन बहुमुखी क्याम्पसको स्नाकोत्तर तह दोस्रो वर्षको नेपाली विषयको दशौं पत्र प्रयोजनको लागि शोधपत्र प्रस्तुत गर्नुभएको छ । नाम रहेको छ- “मुक्तिनाथ शर्मा नेउपानेको बेलायततिरका का नियात्रा सङ्ग्रहको अध्ययन र विश्लेषण” ।
  5. त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकाय अन्तर्गत नेपाली केन्द्रीय विभागको स्नातकोत्तर तह तेस्रो वर्षको दशौ पत्रको प्रयोजनका लागि शुष्मा न्यौपानेले शोधपत्र प्रस्तुत गर्नु भएको छ । नाम रहेको छ “मुक्तिनाथ शर्मा नेउपानेको बालसाहित्यकारिता” ।