कविता

 

हजुरकाे छाेराे साहिलाे चक्चके भई
काखमा लुट्पुटिएकाे सम्झन्छ अहिले पनि
तर त्याे अहिले छैन मनमा जब आउँछ
निस्कन्छ जल आँखाकाे भित्र भत्भति पाेल्दछ ।।

हजुर स्वर्गमा जाँदा राेयाे याे आत्तियाे अति
अहिले सम्झदै गर्दा आँत पाेल्दछ भत्भती
राेएर पाइने हैन भन्छ चित्त बुझाउँछ
अरु के गर्न सक्थ्याे र श्राध्दतर्पण गर्दछ ।।

कहिले काहीँ बिर्सेमा जिउ पाेल्दछ भत्भति
सम्हालिन्छ तुरुन्तै र सम्मान गर्छ सम्झदै
पाउमा बन्दना गर्छ शिर झुकाई नित्यस
बिधिकाे नीति यस्तै हाे भनी चित्त बुझाउछ ।।

Written by : सम्पादक