कविता

 

याे सारै गुणकारी छ पराेपकार गर्दछ
सेवाकर्म सदा गर्छ धर्ममा अघि बढ्दछ
याे अत्त्याचार गर्दैन खप्न सक्दैन नीचता
याे भ्रष्टाचार गर्दैन निष्कलङ्कछ सर्वदा ।।

यसकाे नाम”छाता” हाे शिरमाथि रहन्छ याे
आँफै समाउनु पर्छ नत्र गायव हुन्छ याे
निस्वार्थी परसेवी हाे खाना माग्दैन एसले
छाना नाना कतै केही दर्जा खाेज्दै एसले ।।

बर्षाकाे पानीमा छाता ओत बन्छ बचाउछ
चर्का घाम हुदा फेरि ढाक्छ ढुक्क बनाउछ
परे टेक्न यहि हुन्छ यस्ले हिड्दा सघाउछ
शत्रु फेलापरे यस्ले ठाेक्छ शत्रु भगाउछ ।।

भाेक्ताकाे भरमा हुन्छ समात्नपर्छ जाेडले
नत्र अर्कै धनी बन्ला हातबाट गुम्याे भने
अर्काकाे हातकाे द्रव्य माैकामा काम दिन्न है
भन्दछन् विज्ञले बुझ्न पर्छ नबुझी हुन्न है ।।

Written by : सम्पादक